२५ बैशाख २०७३, शनिबार

औपचारीक रुपमा फिल्म ‘अनागत’को घोषणा भएको छ । राजधानीमा आयोजीत एक पत्रकार सम्मेलनमा फिल्म ‘अनागत’को जानकारी सार्वजनीक गरीएको हो । फिल्म माउन्टेन रीभर फिल्मस् र टाईनी बट बिग पिक्चर्सले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । ‘अनागत’को निर्माताहरुमा नीलु डोल्मा शेर्पा,समीर उपाध्याय,चन्द्र के.झा, र साम्तेन भुटिया रहेका छन् । त्यस्तै कार्यकारी निर्मातामा ध्रुव महर्जन रहेकाछन् ।

vlcsnap-2016-05-07-12h25m53s502
‘अनागत’फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्नेछन् । निर्देशक भुटियाले ‘अनागत’फिल्म भन्दा पहिले नै फिल्म लेटर र तान्द्रो निर्देशन गरीसकेका छन् । कार्यक्रममा उपस्थित निर्देशक भुटियाले श्रीमान श्रीमतीको घर ब्यावहारमा पैदा हुने समस्यालाई पर्दामा उतारीने बताए । साथै, फिल्म प्रयोगात्मक हुने पनि निर्देशक भुटियाको भनाई रहेको छ ।

vlcsnap-2016-05-07-12h24m54s068

‘अनागत’फिल्मको कथा भने चन्द्र के. झाले लेखेका हुन् । त्यस्तै पटकथा प्रवचन श्रेष्ठ र निर्देशक भुटियाको रहेको छ । सस्पेन्स थ्रिलरमा बन्न लागेको ‘अनागत’फिल्मको लीड कलाकार प्रियंका कार्की र अर्पण थापाले श्रीमान श्रीमतीको ब्यावहारीक समस्यालाइ पर्दामा उतार्ने भएका छन् । नायिका प्रियंका कार्कीले फिल्ममा नौलो पात्रमा रहने बताएकी छिन् । त्यस्तै नायक अर्पण थापाले पनि फिल्ममा सक्दो मिहेनत गर्ने र अभिनय बाट चरीत्रलाई न्याय दिने पनि बताएका छन् ।

फिल्ममा अर्पन थापा र प्रियंका कार्कीको साथमा प्रविण खतीवडा,रोसिन सुवेदी लगाएतले मुख्य भुमिकामा अभिनय गर्नेछन् । फिल्मले हाम्रै वरपरका मौलीक स्वाद पस्कने भएको छ । ‘अनागत’फिल्मलाई सिसन बानीयाले खिच्नेछन् । भने,फिल्म यहि बैशाखको २८ बाट फ्लोरमा जाँदैछ ।

vlcsnap-2016-05-07-12h24m23s989 vlcsnap-2016-05-07-12h24m42s224    vlcsnap-2016-05-07-12h26m28s007 vlcsnap-2016-05-07-12h27m35s543

LIVE TV