२५ बैशाख २०७३, शनिबार

स्वाभिमान र समृद्धिको अभियानमा, निरन्तर न्यूज । नमस्कार, यो हो न्यूज २४ टेलिभिजन । मर्निङ न्यूजमा स्वागत छ।
मर्निङ न्यूजका हेडलाईनहरु
१. द्धन्द्धकालका गम्भीर घटनाको छानविन प्रभावित पार्ने गरी सत्तारुढ दलहरु कसरतमा जुटे, सत्य निरुपण तथा वेपत्ता छानविन आयोगमाथि दबाबको महसुस ।
२. राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण मन्त्रिपरिषदबाट अनुमोदन भएन, बैशाख २७ देखि हुने भनिएको भारत भ्रमण स्थगित ।

३. सरकार परिवर्तनको खेलमा संलग्न भएको आरोपमा भारतका लागि नेपाली राजदूत उपाध्यायलाई फिर्ता बोलाइयो, राजदूत उपाध्यायमाथि सरकारको तीन आरोप ।
४. रुपक स्मृति पुरस्कारबाट पाँच फुटबलकर्मी सम्मानित, राष्ट्रलाई एकताको सुत्रमा बाध्न खेल क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उपप्रधानमन्त्री रायमाझीको निष्कर्ष ।
५. र, उत्तरकोरियाको सत्तारुढ दल वर्कस पार्टीको ४० वर्षपछि महाधिवेशन हुदैं, महाधिवेशनले महासचिव किम जोङ उनलाई थप शक्तिशाली बनाउने ।

morning news

LIVE TV