२४ बैशाख २०७३, शुक्रबार

हराउदै  गएको रंगमञ्चलाई पुनःजीवित राख्ने उद्देश्यले सुनसरीका रगकर्मीहरु  संगठित हुन थालेका छन्  । नाट्यकर्मी महासंघ नेपाल गठन भएसंगै यही संघको मातहतमा रहेर एक बर्ष अगाडि गठन भएको सुनसरी च्याप्टरले अब हराउदै गएको नाटकलाई पुन:जीवित बनाउने र यसको विकासका लागि एकै स्थानमा उभिएर काम गर्ने अठोट समेत गरेका हुन् ।

केही रंगकर्मीहरु मिलेर  रंगमञ्च र रंगकर्मीको छाता संगठनको रुपमा महासंघलाई थप शक्तिशाली बनाउदै कार्यक्रमको तर्जुमा गर्ने प्रणसमेत गरेका छन् । महासंघ अन्तर्गत हालसम्म २८ जिल्लामा जिल्ला च्याप्टर गठन भएसंगै सुनसरीमा पनि हराउदै गएको रंगमञ्चलाई व्युताउने उद्देश्यले सुनसरी च्याप्टर गठन गरिएको अध्यक्ष विशाल भण्डारीले जानकारी दिनुभयो ।

सुनसरीमा रहेका निजी  तथा सामुदायिक विद्यालयसंग समेत परामर्श गरेर विद्यालयमै नाटकको प्रशिक्षण दिने लक्ष्य लिएको सुनसरी च्याप्टरका सदस्य किशोर थुलुङले जानकारी दिनुभयो । विगतमा  नाटक प्रदर्शन गर्ने उपयुक्त हलको अभाव,  स्रोत साधनको अभावका कारण नाटकलाई व्यवसायिकरण गर्न नसकेको बताउदै अब भने नाटकलाई व्यवसायिककरणतर्फ ढाल्न कोसिस गर्ने उहाको भनाई छ । उहाँले अहिले डिजिटल युग भएकोले रंगमञ्चलाई पनि Ïयुजन  गरेर लाने समेत स्पष्ट पार्नुभयो ।

विगतमा विशेष गरी सुनसरीको धरान रंगकर्मीका लागि उर्वर भूमिको रुपमा मानिदै आएको थियो । त्यसबेला रंगकर्मीको क्षेत्रमा काम गर्ने सहारा नाट्य जमात, अनाम  नाट्य जमात, सृष्टि नाट्य समूह,आरम्म नाट्य समूह गठन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको नाट्य क्षेत्र धरानमा सक्रिय थिए ।

 

LIVE TV