२४ बैशाख २०७३, शुक्रबार

vx

मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । यो दिन विशेषत आफ्ना आमाहरुलाई मिष्ठान तथा फलफुल भोजन गराई आर्शीवाद लिने आम चलन छ । तर यस बर्ष भने विगतको वर्षमा झै मातातीर्थ औंशीको दिन मिठाई तथा फलफुल व्यापारको व्यापार जमेन ।

भूकम्प , नाकावन्दी र खडेरी जस्ता लगातार अनिष्टलाई जोडेका छन व्यापारीले यसपटकको व्यापारमा गिरावट आउनुलाई । नाकावन्दीले थलिएको बजार अझै फस्टाउन नपाउदै यसपटक खडेरीले धेरै किसान चपेटामा पर्दा भने जस्तो दूध बजारमा पुग्न नसक्दा मिठाई महंगो बनेको व्यापारीहरुको तर्क छ । खडेरीले गाईलाई खुवाउने घाँस लगायतका वस्तुमा पारेको प्रभावले गर्दा मनग्ये दूध उत्पादन हुन नसक्दा त्यस्को असर मिठाईमा परेको व्यापारीहरु वताउछन ।

गत बर्षको तुलानमा भन्दा यो वर्षको आमाको मुख हेर्ने औंशीमा मिठाई तथा फलफूलको व्यापार ५० प्रतिशतले नै घटेको छ । मिठाईको व्यापारसंगै फलफूलको व्यापार पनि ह्वातै घटेको छ । ढुवानीका महंगो बनेको कारण बजारमा फलफूलको मूल्य निकै महंगो भए पछि फलफूलको व्यापार पनि घटेको फलफूलको व्यापारीहरुले बताएका छन् ।

नेपाली समाजमा हरेक महिना जसो कुनै न कुनै चाडपर्व पर्ने गर्दछ नै । चाडपर्वका मुख्य आकर्षण मिठाई तथा फलफुल नै हुने गर्छन । तर घटदो क्रय शक्तिकाबीच महंगिदो बजारले आम नेपालीलाई तालमेल मिलाउन समस्या पर्दा बजार सर्वसाधारणको पहँुच भन्दा बाहिर गएको महसुस गरिन थालेको छ ।

बजारमा देखिएको यो उत्तारचढावले गर्दा महत्वपूर्ण चाडवाड पनि नेपालीहरुले धक फुकाएर मनाउन नसक्ने अवस्था उत्पन्न हुँदै गएको छ ।

 

LIVE TV