२४ बैशाख २०७३, शुक्रबार

prchand

भक्तपुर, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले देशको समस्या समाधानका लागि सबै मिली राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो । नेता दाहालले भन्नुभयो, “पुँजीवाद, दलाल, सामन्तवादको अन्त्य गर्नुपर्ने अहिलेको स्थिति हो । हामीले सिर्जना गर्ने साहित्य पनि राष्ट्रिय एकता र समाजवादको पक्षमा हुनुपर्छ ।”

राष्ट्रिय एकता कायम गर्न, भूकम्पपछिको पुर्ननिर्माण गर्न तथा तराई मधेसमा भएको आन्दोलनलाई समाधान दिन र देशमा शान्ति कायम गर्न दलबीचको एकता अपरिहार्य भएको उहाँले बताउनुभयो । रासस

 

LIVE TV