२४ बैशाख २०७३, शुक्रबार

f z

इलामको करफोक खेल मैदानमा जारी  तेस्रो नेपालकप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेल मार्फत सशस्त्र प्रहरी वलको पुर्वाञ्चल टिम फाईनलमा प्रवेश गरेको छ । ससस्त्रको विजयसगै शनिबारको फाईनलमा सशस्त्र र काकरभिट्टाको फुटवल ट्रेनिङ सेन्टरको भेट हुने भएको छ ।

बिहीबारको सेमी फाईनलको खेल बाक्लो कुहिरोको कारण खेल सम्पन्न हुनु भन्दा आधा घण्टा अघि नै स्थगित भएपछि वाँकी समयको खेल शुक्रबार खेलाइएको थियो । शुक्रबारको खेलमा आयोजक इलाम ११ लाई सशस्त्र प्रहरीको पुर्वाञ्चल टिमले २–१ ले पराजित गरेका थियो । विहीबार फाइनल प्रवेशका लागि भइरहेको प्रतियोगिताको ५२ मिनेटमा सशस्त्रका हरि कार्कीले पहिलो गोल गरेका थिए ।

दोस्रो गोल सशस्त्रकै उज्वल चेम्जोङले ६२ मिनेटमा गरेर टिमलाई अघि बढाएका थिए । शुक्रबारको खेलमा इलाम ११का पेम्बा यल्मुले दोस्रो हाफको ३३ औ मिनेटमा १ गोल गर्दै आफ्नो टिमलाई लयमा फर्काउने प्रयास गरेका थिए । विहीबार खेल सकिन करिब २७ मिनेट बाँकी रहदा कुहिरोले अवरोध गरेपछि रेफ्रि सुरज मानन्धरले खेल स्थगन गरेका थिए । शुक्रबार साविक  अवस्थाबाट नै खेल शुरु भएको थियो ।

 

 

LIVE TV