२४ बैशाख २०७३, शुक्रबार

kim jonz

कम्युनिष्ट मुलुक उत्तर कोरियाको सत्तारुढ दल वर्कस पार्टीको महाधिवेश सुरु भएको छ । करिव ४० वर्षपछि हुन लागेको महाधिवेशनलाई अन्र्तराष्ट्रिय समूदायले महत्वकासाथ हेरेको छ ।

विभिन्न घटनाक्रमहरुले गर्दा विश्व समूदायमाझ चर्चामा आईरहने मुलुक उत्तर कोरियामा सन् १९५३ मा किम ईल सुङको नेतृत्वमा कम्युनिष्ट सत्ता स्थापना भएको थियो । मुख्य गरी अन्र्तराष्ट्रिय समूदायवाट एक्लिदै आएको उत्तर कोरियामा किमपछिको तेस्रो पुस्ता सत्तामा रहेको छ ।

करिव चालिस वर्ष देखि हुन नसकेको सत्तारुढ वर्कस पार्टीको महाधिवेशन उत्तर कोरियाको राजनधानी प्याङ्गयोङ्गमा सुरु भएको छ । त्यसकोलागि देशभरका करिव २५ सय प्रतिनिधीहरु प्याङ्गयोङ्ग आईपुगेका छन् । सत्तारुढ दल वर्कस पार्टीको नीति निर्माणमा महत्वपूर्ण हुने ठानिएको महाधिवेशनलाई विश्व समूदायले अत्यन्त चासोकासाथ हेरिरहेको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

वर्कस पार्टीको पछिल्लो महाधिवेशन सन् १९८० मा भएको थियो । जति बेला वर्तमान महासचिव एवं उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जन्मिएका पनि थिएनन् । सन् १९८० मा किम जोङ उनका पीता किम जोङ ईललाई सत्तामा पु¥याउनकोलागि पार्टी महाधिवेशन डाकिएको थियो । इलको सन् २०११ डिसेम्वरमा मृत्यु भएको थियो । त्यसपछि नै किम जोङ उन पार्टी महासचिव एवं मुलुकको सर्वोच्च नेता चुनिएका थिए ।

पार्टीको चालु महाधिवेसनमा महासचिव उनले आफुलाई थप शक्तिशाली बनाउने अपेक्षा गरिएको छ । त्यस्तै गरी आणविक कार्यक्रम, सुरक्षा, राजनीतिक एवं आर्थिक योजना तथा दक्षिण कोरियासंगको सम्वन्धवारे पनि ठोस निर्णय हुन सक्ने सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

 

LIVE TV