२४ बैशाख २०७३, शुक्रबार

काठमाडौं,आयोजीत एक प्रेसमिटमा भुकम्प पिडितलाई कोष जुटाउन र धराहरा पुनः निर्माणको लागी टुँडिखेलमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरीने भएको छ । उक्त सांस्कृतिक कार्यक्रम सैनीक श्रीमती संघको आयोजनामा ‘अमर पंक्षीः राईजिङ फ्रम द एसेज’ नामक मनोरञ्जनात्मक कार्यक्रम हुन लागेको हो । उक्त सांस्कृतिक कार्यक्रम आगामी शनिबार काठमाडौंको टुँडिखेलमा हुदैछ ।

AED ad
उक्त सांस्कृतिक कार्यक्रममा बलिउडका नायिका सोनाक्षी सिन्हा र नृत्याङगना मलाईका आरोरा खानले पनि आफ्नो प्रस्तुति लिएर नेपाल आउँदैछन् । साथै नेपालकै चर्चीत कलाकारहरु रेखा थापा,प्रियंका कार्की,ईन्दिरा जोसि,ऋचा शर्मा,निशा अधिकारी लगाएतले पनि आफ्नो प्रस्तुती दिनेछन् ।
आयोेजीत प्रेसमिटमा टुँडिखेलमा हुन लागेको सांस्कृतिक कार्यक्रममा ३ करोड रकम संकलनको उदेश्य राखीएको उक्त इभेन्टमा ६० हजार दर्शकहरुको आशा राखीएको छ । कार्यक्रम मार्फत उठेको रकम भुकम्प पिडितका साथै धराहरा पुनःनिर्माणको लागि पनि खर्च गरीने ईभेन्टका निर्देशक देशल लामाले बताईन् ।

zsc

उक्त कार्यक्रममा नायिकाहरुले ५० डान्सरहरु सँग नृत्य गर्ने बताइएको छ । नायिका प्रियंका कार्कीले आफुहरुले भन्दा पनि बलिउडका दुई हस्तीहरु सोनाक्षी र मलाईकाले चुनौती महसुस गर्नु पर्ने बताईन् । त्यस्तै अर्की नायिका रेखा थापाले पनि आफुले नारी सशक्तीकरण झल्काउने नृत्य र गीत प्रस्तुत गर्ने बताईन् ।

rekha-priyanka-susma-nisha-indira-sahana

नेपालमा पनि बलिउडका केहि सेलिब्रेटिहरुको फ्यान प्रसस्तै पाईन्छन् । त्यस्तै नेपाल आउँदै गरेका बलिउड नायिका सोनाक्षी र मलाईका को पनि नेपाली फ्यानहरु धेरै भएको सोसल ब्याकर्सले जनाएको छ । नेपाल आउँदै गरेका यि बलिउडका नायिका सोनाक्षी र मलाईकाले बलिउडका आईटम नम्बरमा नृत्य प्रस्तुत गर्नेछन् ।

dsefgsdg

LIVE TV