२४ बैशाख २०७३, शुक्रबार

सरकारको आगामी आर्थिक वर्षको बजेटमा सरकारले ल्याउँन लागेको नीति तथा कार्यक्रम पारित भएको छ । मन्त्रीपरिषदको विहीवार बसेको वैठकले पारित सरकारको नीति तथा कार्यक्रम वैशाख २६ गते अपरान्ह ४ बजे संसद वैठकमा पेश गरिनेछ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रीपरिषद वैठकले पुननिर्माण सम्बन्धी सार्वजनिक खरिद ऐन सम्बन्धी संशोधन प्रस्ताव पनि पारित गरेको छ । पोखरामा निर्माणाधीन दोस्रो अन्र्ताराष्ट्रिय विमानस्थलको लागि जग्गा अधिग्रकण र आफ्नै स्रोतबाट निर्माण गर्ने प्रस्ताव पनि मन्त्रीपरिषद वैठकले पारित गरेको वैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
वैठकले श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक १९ हजार ५ सय कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

 

 

LIVE TV