२४ बैशाख २०७३, शुक्रबार

स्वाभिमान र समृद्धिको अभियानमा, निरन्तर न्यूज । नमस्कार, यो हो न्यूज २४ टेलिभिजन । मर्निङ न्यूजमा स्वागत छ ।

१. सरकारविरुद्ध नाजायज षडयन्त्र भएपनि त्यस्को संसदीय पद्धतिबाटै हल खोजिने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, राष्ट्रिय सहमति षडयन्त्र र धोकाबाट कायम हुन नसक्ने ।

२. सरकारले आगामी आर्थिक वर्षको लागि ल्याउँन लागेको नीति तथा कार्यक्रम पारित,वैशाख २६ गते संसद वैठकमा प्रस्तुत गरिने ।
३. आज मातातीर्थ औंसी, आफूलाई जन्मदिने आमाको सम्मान गरी श्रद्धापूर्वक मनाइँदै, काठमाडौको चन्द्रागिरि पर्वत फेदीमा रहेको थानकोटस्थित मातातीर्थ कुण्डमा भव्य मेला ।
४ भूकम्प र खडेरीले मुहान सुक्दा भोजपुरको एक सिंगो गाउँ खानेपानी संकटले जोखिममा, राष्ट्रपति भण्डारी जन्मनु भएका मानेभञ्ज्याङ्गबाट गाउँलेहरु विस्थापित वन्दै ।
५ र, फिफा वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ८० औ स्थानमा , दक्षिण एशियामा नेपाल पाँचौ स्थानमा यथावत ।

morning news

LIVE TV