२४ बैशाख २०७३, शुक्रबार

एकीकृत माओवादी र नेकपा एमालेबीच ९ बूँदे सहमति पत्रमा हस्ताक्षर भएृको छ । विहीवार अबेर राति सम्पन्न दुई दलका शीर्ष नेताहरुको वैठकले सरकार सञ्चालन गर्ने सम्बन्धी सहमति गरेको हो ।

kp-oli-with-prachanda
सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउँन पहल गर्ने सहमति दुई दलबीच भएको छ । यस्तै संघीयता लगायतका विषयमा तराई मधेस केन्द्रीत दलहरुले उठाएका विषयमा छलफल गरि राजनीतिक सहमतिको आधारमा टुँगो लगाइने भएको छ । वैठकले द्धन्द्धकालमा घरायसी कागजको आधारमा खरिद विक्री गरिएका जगगानको स्वामित्वलाई प्रस्तुत प्रमाणका आधारमा पुनः दर्ता गर्ने,सशस्त्र द्धन्द्ध काल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्धाहरु फिर्ता,माफी,मिनाहाको प्रक्रिया अविलम्ब अघि बढाउँने र भूकम्पपछिको पुननिर्माणन कार्यलार्य द्रुत गतिमा अघि बढाउँने सहमति पनि नौ बूँदामा उल्लेख छ ।
सहमतिपत्रमा एमालेका तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गर्नुभएको छ ।

LIVE TV