२४ बैशाख २०७३, शुक्रबार

एमाओवादीले बिहीवार बिहान अघिल्लो दिनको आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय फिर्ता लिँदै वर्तमान सरकारलाई नै बजेट ल्याउन दिने निर्णय लिएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

एमाओवादीको एक दिन पनि टिक्न नसकेको निर्णयले उसको नेतृत्व अविश्वसनीय साथै स्पष्ट नभएको टिप्पणी कांग्रेसले गरेको हो ।

kangreshflag

‘सरकारको कामकारबाही राम्रो भएन । कोही सरकारप्रति सन्तुष्ट हुन सकेनन् । अब सरकार फेर्नुपर्यो भनेर पहिला एमाओवादीले नै हामीसँग प्रस्ताव गरेको हो’, कांग्रेस नेता प्रकाशशरण महतले भने,’त्यसमा हामीले सरकारको नेतृत्व गर्ने कुनै आशा नदेखाई सरकारको कामाकारबाहीप्रतिको असन्तुष्टिमा एकरुपता भएकाले एमाओवादी नेतृत्वको सरकार निर्माणमा सहयोग गर्ने वचन दिएका हौं तर एमाओवादी नेतृत्व विश्वसनीय देखिएन ।’

कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार भूकम्पपछि पुनर्निर्माण, राहत वितरणलगायत सामान्य काम समेत गर्न नसकेको भनेर आलोचना गर्दै आएको थियो । कांग्रेसको आलोचनामा सरकारमा सहभागी एमाओवादीसमेत सहमत भएपछि विकल्प खोज्न तयार हुने ष्किर्षमा कांग्रेस पुगेको थियो ।

 

LIVE TV