२३ बैशाख २०७३, बिहीबार

nepal

नेपाल राष्ट्र बैकका गर्भनर डा चिरञ्जीवी नेपालले नेपालका नीति निर्माताहरु स्पष्ट नभएको कारण नीतिगत अन्यौलले अर्थतन्त्रलाई प्रभावित पारेको बताउनु भएको छ । अर्थबिद स्वर्गीय डा भोलानाथ चालिसेले  उदार अर्थनीति र स्वतन्त्र अर्थब्यवस्थाको बिषयमा लेख्नु भएको सग्रहको विमोचन गर्दै गर्भनर नेपालले मुलुकमा उदार अर्थतन्त्र र स्वतन्त्र अर्थब्यवस्थाको विकास आवश्यक भएको बताउनु भयो ।

बिहीवार समृद्धि फाउण्डेसनको आयोजनामा नेपालमा उदार अर्थब्यवस्था र नीजिकरणका हिमायती पुर्व सचिव तथा अर्थबिद स्वर्गीय चालिसेले अवलम्वन गरेको उदार अर्थब्यवस्थालाई आधारित रहेर तयार पारिएको सग्रह अल्पबिराम सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा चिरञ्जीवी नेपालले नेपालमा उदार अर्थब्यवस्था र नीजि क्षेत्रको  स्वतन्त्रता सौन्र्दयतालाई कायम राख्न नीति निर्माताहरु प्रष्ट हुनु पर्ने बताउनु भयो ।

उदार अर्थब्यवस्थामा मात्र आर्थिक समृद्धि र विकास सम्भव भएको बताउनु भयो ।

कार्यक्रममा पुर्व सचिव बिमल वाग्लेले नेपालमा उदार अर्थब्यवस्था र नीजि क्षेत्रमा पुर्याएको योगदानको चर्चा गदै नेपालमा नीजि क्षेत्रको अस्तित्वलाई डा चालिसेले स्थापित गरेको बताउनु भयो ।

नेपाल युवा उद्यमी मचका निर्वतमान अध्यक्ष निरञ्जन श्रेष्ठले नेपालमा नीजि क्षेत्रको अस्थित्व र  विकासमा नीति निर्माताहरु स्पष्ट हुन नसकेको अवस्थामा उहाँको सकृयतामा जारी भएको औधोगिक नीति तथा उदार अर्थब्यवस्थाको चर्चा गर्नु भयो ।

डा बटुकृष्ण चालिसेले नेपालको नीजिमति प्रशासनमा इमान्दार ब्यक्तिको रुपमा निर्वाह गरेको गदै नेपालको प्रशासनिक सुधारमा उहाँको योगदानको चर्चा गर्नु भयो ।

नेपाल आर्थिक पत्रकार समाजका पुर्व अध्यक्ष बिज्ञान अधिकारीले नेपालमा उदार अर्थब्यवस्था र नीजि क्षेत्रको विकासमा नीति निर्माता र राजनीतिक बृत्तमा स्पष्टता र इमान्दारिता आवश्यक भएको बताउनु भयो । आयोजक सस्था समृद्धि फाउण्डेसनका कार्यक्रम निर्देशक दिपेन्द्र चौलागाँइले नेपालमा उदार अर्थब्यवस्था र नीजि क्षेत्रमा जीवनभर काम गरेको अनुभवलाई लिएर अल्पबिराम प्रकाशन गरेको बताउनु भयो ।

 

 

 

LIVE TV