२३ बैशाख २०७३, बिहीबार

prachanda-621x250

हुन त नेपालको राजनीति मौसम भन्दा पनि ज्यादा चञ्चले छ भन्ने गरिन्छ  । एक दिन अगाडि मात्रै नया सरकारको लागि तयार देखिएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल दोस्रो दिन पूरै पछाडि हटे । असंयमित र चञ्चले स्वभावका भनिएका दाहालको व्यवहारले दुनिया चकित भयो । आखिर दाहालले यो राजनीतिक रंगमञ्चमा किन यति विघ्न अपरिपक्वता प्रदर्शन गरे त ?

शान्ति प्रक्रियासंग सम्वद्ध केही विषयहरुलाई लिएर सत्तारुढ दलहरु नेकपा एमाले र एकिकृत माओवादीबीच केही हप्ता यता सम्वन्धमा तित्तता बढ्दै गएको थियो । मुख्य गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले तदारुपताकासाथ कार्य अगाडि बढाएको कुरालाई लिएर एकिकृत माओवादी त्यति सन्तुष्ट थिएन । झनै आफ्ना विरुद्धमा मिडिया प्रचारवाजी समेत हुन थाले पछि सशंकित भएको थियो एकिकृत माओवादी ।

त्यतिमात्र होईन सशस्त्र द्धन्द्धकालीन मुद्धाहरुलाई अदालत प्रक्रियावाट छिनाफानो गर्ने कि नगर्ने भन्ने सम्वद्धमा पनि एमाले र एकिकृत माओवादीबीच मतभिन्नता थियो । माओवादी नेताहरुलाई द्धन्द्धकालीन घटनाहरुको कारण आफु कुनै बेला जेल जानुपर्ने अवस्थाले त्रसित बनाएको थियो । जे होस् सत्ता पक्षधरबीच सहज सम्वन्ध कायम हुन नसक्नु पनि यो अवस्थाको कारण मानिएको छ ।

अर्कोतर्फ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सरकार विरुद्ध कडारुपमै प्रस्तुत हुने देखिएपछि सरकार परिवर्तनको मुद्दा सतहमा आउन थाल्यो । यो अवस्थामै कांग्रेसले असंयमित छवि बनाएका दाहाललाई नया सरकारकोलागि प्रेरित गर्यो ।

यसरी हेर्दा शान्ति प्रक्रियासंग जोडिएका केही मुद्दाहरुमा सत्तारुढ दलहरु एमाले र एकिकृत माओवादीबीच कटुता बढ्दै जानु र कांग्रेसले त्यसमा नराम्रोसंग खेलिदिँदा बुधवार नेपालको राजनीतिमा खैलावैलाको स्थिति देखा पर्यो । त्यसमाथि वर्तमान सरकार हटाउन चाहेको भनिएको छिमेकी भारतको समेत चर्को हस्तक्षेप आएको भन्ने कुराहरुले पनि काठमाडौंको राजनीति ततायो ।

कुनै पनि फोहोरी संसदीय खेलको विरुद्ध संर्घष गरेका दाहालले अन्ततः आफैद्धारा सिर्जना हुन लागेको अर्को संसदीय नौटङ्की दोस्रो दिनमै अन्त्य गरेका छन् । अब राजनीतिक अपरिपक्वतामा माहिर नेता दाहालले सच्चिने तत्परता देखाउनु नै बुद्धिमानी हुनेछ ।

 

LIVE TV