२३ बैशाख २०७३, बिहीबार

finance ministry(7)

काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लघु वित्तलाई प्रभावकारी ढङ्गले परिचालन गर्न तयार गरिएको नीतिगत व्यवस्थासहितको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालय पठाएको छ ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा विपन्न जनता लक्षित लघुवित्त परिचालनका विषयमा आएका गुनासा एवम् सुझाव कार्यान्वयनका गर्न आज अर्थमन्त्रालय पठाएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुख्य सचिव डा सोमलाल सुवेदीले ऊर्जा मन्त्रालयअन्तर्गत ठूला तथा जलासययुक्त विद्युत् आयोजनासँग सम्बन्धित मन्त्रालयबीच समन्वय गरेर काम अगाडि बढाउन निर्देशन दिनुभएको छ । रासस

 

LIVE TV