२३ बैशाख २०७३, बिहीबार

रात रहे अग्राख पलाउछ झै बन्यो वितेको चौबीस घण्टाको नेपालको राजनीति, लिखित आश्वासन पछि एकीकृत माओवादीको सिंहदरबार शयर एमालेकै साथबाट

pp

भनिन्छ रात रहे अग्राख पलाउँछ, हो त्यस्तै भयो देशको राजनीतिक घटनाक्रम पनि । बुधवार विहान देखि विहीवार विहानसम्मको परिदृश्य हेर्ने हो भने सबैका अनुमानहरु असफल बने ।  बुधबार विहान आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेर अन्य दललाई सहयोगका लागि आव्हा्न गरेको एकीकृत नेकपा माओवादीले बिहीबार विहान टेक्दा आफ्नो निर्णयलाई पुछेर केपीशर्मा ओली समक्ष नै आत्मसमर्पण गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरवाहादरु देउवा नयाँ दिल्लीवाट फर्किए लगत्तै विकसति घटनाक्रमपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री वन्न राजी बने ।  कालोवजारीलाई प्रसय दिएको, भ्रष्टाचार उन्मुलन गर्न नसकेको र पुनर्निमाणको कामलाई तीब्र गतिमा अगाडि बढाउन नसकेको भन्दै एकीकृत माओवादीले वर्तमान सरकारललाई दिएको समर्थन फिर्ता लिने र आफ्नै नेतृत्वमा सहमतिको सरकार निर्माण गर्ने बुधवार पदाधिकारीस्तरवाट निर्णय समेत ग¥यो ।

एकीकृत माओवादीको उक्त निर्णयले उसका अध्यक्ष दाहालको सामाजिक सञ्जालमा समेत तीब्र आलोचना भयो । वर्तमान सरकारमा सहभागी एकीकृत माओवादीका मन्त्रीहरुले समेत सरकारलाई दिएको समर्थन फिर्ता गर्नु नहुने भन्दै नेतृत्वलाई दबाब दिए । नेपाली काँग्रेसले पनि पुष्पकमल दाहाललाई नै प्रधानमन्त्री बनाउने विषयमा स्पष्ट आधार नदिएपछि एकीकृत माओवादी पछि हट्न बाध्य भयो ।

बुधवार नेपाली काँग्रेसले माओवादी सँगै मधेसवादी दलहरुलाई समेत विश्वासमा लिइसकेको थियो । तर यता कम्तिमा बजेट प्रस्तुत गर्न दिने र त्यसपछि एकीकृत माओवादीकै नेतृत्वमा सरकार बन्ने नेकपा एमालले लिखित आश्वासन दिने भएपछि उ पछि हटेको वताइएको छ ।

भारतीय नीतिको विरोधमा रहेका दाहाल एकाएक काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न लागे पछि उनको बोली र व्यवहारमा फरकपन देखिन्थ्यो । पार्टी भित्र र बाहिरवाट भारतको योजनामा प्रधानमन्त्री बन्न लागेको भन्ने आरोप र एमालेले वजेटपछि सरकारको नेतृत्व गर्न दिने भनेपछि पछि दाहाल पछि हटेको चर्चाले बजार गर्माएको छ यतिखेर ।

 

LIVE TV