२३ बैशाख २०७३, बिहीबार

af

अफगानिस्तानको राजधानी काबुलबाट उत्तरतर्फ पर्ने कुन्दुज प्रान्तमा सुरक्षाकर्मीको कारबाहीका क्रममा बिहीबार १३ जना तालिवान लडाकू मारिएको समाचार छ ।

उक्त प्रान्तको आर्ची जिल्लाको दसत ई इलाकामा लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी शनिबार बिहानीपख गरिएको हवाई आक्रमणमा एक दर्जन भन्दाबढी सशस्त्र आतङ्ककारी मारिएका छन् ।

अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । त्यस क्रममा अरु केही घाइते पनि भएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एकहप्ता अघिबाट नै प्रहरी कारबाही जारी रहेको यस दसत इ आर्ची जिल्लामा बिहीबार हवाई आक्रमण गरिएको जनाइएको छ । रासस÷एपी

 

LIVE TV