२३ बैशाख २०७३, बिहीबार

Capturefile: G:ÆäÀÌÁî¿ø¿øº»3water Cwater Cwater C-098.tif
CaptureSN: CD000868.004802
Software: Capture One DB for Windows

विनाशकारी भूकम्प र खडेरीले मुहान सुक्दा पूर्वी पहाडी जिल्ला भोजपुरको एक सिंगो गाविस खानेपानीको संकटले जोखिममा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी जन्मुनभएको मानेभञ्ज्याङ्ग गाविसमा खानेपानीको मुहान सुकेपछि खानेपानी अभावले गाउँ नै जोखिममा परेको हो ।

मानेभञ्ज्याङ्ग गाउँको माटोमा जन्मनुभएकी विद्यादेवी भण्डारी राष्ट्रपति हुदाँ गर्व गर्ने सर्वसाधारण यतिबेला खानेपानीको संकट आएपछि मानिसहरु गाउँ छोडने की बस्ने भन्ने दोधारमा छन । खानेपानी अभावकै कारणले डेढ सय घरपरिवार बसाई नै सरिसकेका छन । सदियौंदेखि सर्वसाधारणले उपभोग गर्दै आएको खानेपानीको मुहान प्राकृतिक कुवा र खोलाखोल्सीको जरुवा पानी पनि सुक्दै गएपछि ३ हजार घरधुरीको मानेभञ्ज्याङ्ग बस्तीमा मानवीय संकट उत्पन्न भएको छ ।

पानीको अभावले गर्दा दैनिक रुपमा पानीको जोहो कसरी गर्ने भन्ने घरका महिलाहरुलाई सताउदै आएको छ । पानीको जोहो गर्न महिलाहरु दिन र रातभरी पानीको पालो बस्ने गरेका छन । भएको सबै मुहानहरु सुकेर गएपछि सिंगो गाउँको ३ वटा कुवामा पानीका लागि भिड लाग्ने गरेको छ । एक गाग्री पानीको थाप्नका लागि घण्टौ कुर्नुपर्ने बाध्यताले सर्वसाधरणहरुका लागि पानी खोज्ने दैनिकी नै बनेको छ । खानेपानीको अभावले पशुपंक्षी र चौपायाहरु झन ठुलो संकटमा परेका छन् ।

कृषि र पशुपालनबाट निर्भर रहदै आएका यस गाउँमा ६ महिनायता बर्षात नहुँदा खडेरीले पानीको मुहान सुक्दै गएपछि बाली लगाउने बेला भइसक्दा पनि खेतबारी बाझै छ ।  खानेपानी आभावकै कारण बसाईसराईले बस्तीहरु रित्तो हुने अवस्थामा पुगेको छ भने महिलाहरुलाई खानेपानीको जोहो गर्न ठुलो सास्ती खेप्नुपरिरहेको छ ।

 

 

 

 

 

LIVE TV