२३ बैशाख २०७३, बिहीबार

c

सिरहाको गोलबजारमा चट्याङ लागेर आज एक मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

गोलबजार नगरपालिका–४ स्थित नेपाल इँटा उद्योगमा चट्याङ
लागेर सप्तरीको सीतापुर–४ का ६० वर्षीय राजकुमार सदायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चट्याङ लागेर सोही इँटा उद्योगमा काम गर्ने रौतहटका ५० वर्षीय गेनालाल पण्डित र भारतको उत्तरप्रदेशका ३५ वर्षीय अनिसुम सलमानी घाइते भएका छन् । दुवैजनाको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । रासस

 

LIVE TV