२३ बैशाख २०७३, बिहीबार

chulo

बनेपा, काभ्रेपलाञ्चोकको छ गाविसमा रु ५८ लाख ८० हजार बराबरको एक हजार ६८० सुधारिएको चुलो अनुदानमा भूकम्पपीडितलाई वितरण गरिएको छ ।

जिल्लाको बेखसिम्लेमा २८०, च्यासिङखर्कमा ७५२, च्याम्रेङबेँसीमा २९८, पोखरी नारायणस्थानमा ६७ र सरमथली गाविसमा २८३ सुधारिएको चुलो वितरण भएको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख अन्जित गौतमले जानकारी दिनुभयो ।

दुर्गम क्षेत्र, स्रोत तथा साधनको पहुँच नभएको क्षेत्र र भूकम्पका कारण विस्थापित भएका परिवारलाई लक्षित गरेर सुधारिएको चुलो वितरण भएको उल्लेख गर्दै गौतमले जिल्लामा भूकम्पका कारण मात्रै २० हजार सुधारिएको चुलो नष्ट भएको बताउनुभयो ।

उहाँले जिल्लाको मिल्चे, माझिफेदलगायतका अन्य केही दुर्गम गाविसमा पनि अनुदानमा सुधारिएको चुलो माग भएको जानकारी दिँदै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराउने बित्तिकै वितरण गरिने बताउनुभयो ।

दैवी प्रकोप उद्धार समिति, काभ्रेपलाञ्चोकको संयोजनमा सो चुलो वितरण भएको हो । रु तीन हजार ५०० पर्ने सो चुलो प्रयोग वातावरणमैत्री हुने भएकाले जिल्लामा त्यसको माग बढी छ । रासस

 

LIVE TV