२३ बैशाख २०७३, बिहीबार

– यादव देवकोटा

चर्को खडेरीले गोरखा बजारमा मात्रै होइन गोर्खाका थुप्रै त्यस्ता गाविसहरु छन् जहाँ खानेपानीको हाहाकार मच्चीएको छ । गोरखामा खानेपानीको समस्या केहि हद सम्म पहिला देखिनै भएपनि विनाशकारी महा भूकम्प पश्चात खानेपानीको समस्या झन् बिकराल बन्दै गएको हो । रातभर लाइनमा बस्दा पनि एक गाग्री पानी भर्न पनि मुस्किल छ । सदरमुकाममा त खानेपानीको समस्या भएको छ नै गाउँघरमा त झन् पहिले देखिनै खानेपानीको मुहानको श्रोत टपक्कै सुकेका छन् ।

gorkha

जिल्लामा लामो समय देखि पानी नपर्दा खानेपानीको हाहाकार सृजना भएको छ ।
जिल्ला सदरमुकाम गोरखामा खानेपानीको हाहाकार भएपछि स्थानियहरु लामो दुरीको यात्रामा खानेपानि बोक्न बाध्य भएका छन । सदरमुकामका होटल व्यवसायीहरुका अनुसार पानी ल्याउन टाढा जानु पर्ने वाध्यता भएको बताउदै पानी नहुंदा सेवाग्राहीहरुमा सेवा दिन नसकेको गुनासो छ ।

13103288_604844383005844_6842124364281195286_n

                                             फोटो :  राजेन्द्र 

गोरखा जिल्लामा खानेपानिको क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न गाविसमा खानेपानिको लागि कार्यक्रम हुने गरेको भएपनि पटक पटक समस्या आउने गरेको छ । गोर्खा जिल्लामा स्वच्छ खानेपानी उपलब्ध गराउन जिल्ला खानेपानी कार्यालय लागि परेपनि खानेपानीको समस्या भने जीउँको तिउँ छ ।

LIVE TV