२३ बैशाख २०७३, बिहीबार

थ्री पिक्स अल्ट्रा म्याराथन मा दोस्रो (फोटो फिचर ) नेपाल मा हारेका नेपालीहरु सात समुन्द्र पारी हिरा झैँ चम्कनछन् र यसको ज्वलन्त उदाहरण हुन् मीरा राई।

शनिबार बेलायत मा सम्पन्न भएको ३७.४ किलोमिटरको ‘थ्री पिक्स’ अल्ट्रा म्याराथनमा दोस्रो स्थानमा स्थान हात पार्दै मीराले नयाँ सिजन २०१६ को विजय सुरुआत गरेकी छिन् । भोजपुर स्थाई घर भएकी राई को यो सिजन को पहिलो रेस हो। वर्ल्ड च्याम्पियन बन्ने लक्ष्य लिएकी राईले यसपाली सिरिजअन्तर्गतका ७ मेमा स्पेन मा सम्पन्न हुने ७५ किमिको ट्रान्स–भुल्कानिया, ४ जुनमा पोर्तुगल मा सम्पन्न हुने ५५ किमिको अल्ट्रा स्काइम्याराथन, २४ सेप्टेम्बरमा स्पेन मा सम्पन्न हुने १ सय १० किमिको अल्ट्रा पिरिनेउ दौड मा समेत प्रतीस्पर्धा गर्दैछिन। त्यसैगरी उनी २२ जुनमा स्पेनमा हुने १ सय ५ किमिको बुफ इपिकमा पनि सहभागि हुनेछिन् । बेलायतमा सम्पन्न थ्री पिक्स म्याराथन मा भागलिन भिसाको को लागि मीराले निकै शास्ती खेप्नु परेको थियो। उनलाई अन्तिम समयमा भिसा नदिएर टेम्पोरेरी स्टे दिईएको थियो। मीरा लाई धेरै धेरै शुभ कामना।

13153305_10154136647231944_479694911_n 13181031_10154136647236944_1160597746_n 13162411_10154136647186944_85803048_n 13162104_10154136647246944_1051606137_n

LIVE TV