महाविनाशकारी भूकम्प गएको वर्ष दिन वितिसक्दा पनि काठमाडँौं उपत्यका खानेपानी लिमिटेड अन्र्तगत भक्तपुर शाखा बाँसवारी प्रशोधन केन्द्रको पुननिमार्ण हुन सकेको छैन् । पुनर्निर्माणको अभावमा प्रशोधन केन्द्र जोखिम बढ्दो छ ।
भूकम्पले कर्मचारी बस्ने भवन, कम्पाउड वाल र अन्य दुई वटा भवनहरुमा क्षति पु¥याएको थियो । भत्किएको पर्खाल मर्मत नगर्दा कुनै पनि बेला अप्रिय घट्ना नहोला भन्न सकिन्न । निकै अव्यवस्थित बनेको प्रशोधन केन्द्रमा कार्यरत कर्मचारीहरु समेत असुरक्षित बनेका छन् । पर्खाल भत्किएर खुल्ला भएकोले कुनै दुर्घट्ना नहोस भनेर आफुहरु रातदिन सतर्क भएर बस्नु पर्ने उनीहरुको भनाई छ । पानी प्रशोधन गर्ने पोखरी खुल्ला भएको, प्रशोधनका लागि चाहिने सबै सामानहरु पहिलाको कुरुवा घरमा राख्नु पर्ने र कर्मचारीहरु भने करीव ३० मिटर भित्र तर्फ रहेको एक तले भवनमा बस्नु पर्ने भएकोले चोरीको डरले पनि कर्मचारीलाई सताएको छ ।
हरेक बर्ष सुखा मौसममा पानीको चरम अभाव भएता पनि भक्तपुर बाँसवारी प्रसोधन केन्द्र भित्र र दुधपाटी स्थित भक्तपुर क्याम्पसको पछाडि १ बर्ष अघि केयुकेलको जग्गामा डिप ट्युवेल जडान गरिए पनि अन्य आवश्यक भौतिक संरचनाको ब्यवस्था नगरी बेवारीस अवस्थामा छोडिएका छ । भक्तपुरमा मात्र दैनिक करीब ८५ लाख लिटर पानीको माग भए पनि यो सुख्खा मौसममा २१ लाख लिटरमात्र संकलन गर्न सकिने भएकोले माग अनुसारको पानी पूर्ति गर्न नसकिएको केन्द्रका शाखा अधिकृत अमृतलाल पोटेको भनाई छ ।
केयूकेलले भक्तपुर शाखामा कमजोरीका चाङ भए पनि समस्या समाधान गर्न कुनै पनि काम गरेको पाइदैन । पानी नआए पनि तिर्नु पर्ने मासिक शुल्क दिन दुई गुना रात चौ गुना बढाएर ढिला गरे जरीवाना लिने खानेपानी लिमिटेडले ग्राहलाई सुबिधा दिनुको सटा ग्राहकलाई सताउने काम मात्र गरिरहेको भक्तपुरको उपभोक्ताको गुनासो छ । अझ प्रशोधन केन्द्रलाई लथालिङ्ग छाडेर अर्को नाटक देखाउने काम भइरहेको छ ।