२२ बैशाख २०७३, बुधबार

p o d

काठमाडौँ-  एकीकृत नेकपा माओवादीको कदम पछि तरंगित नेपालको राजनीतिमा यतिखेर प्रतिक्रियाको पारो बढेको छ । दलहरुले माओवादीको कदम र प्रस्ताव एवं आव्हानलाई लिएर आफ्नो प्रतिक्रिया जनाउन थालिसकेका छन् । यही समयमा सरकार परिवर्तनको सुत्रधार मानिएको नेपाली काँगे्रेसले पनि मधेस केन्द्रित दलहरुसंग छलफल गरेर उनीहरुको प्रतिक्रियालाई सार्वजनिक गराउने काम गरेको छ ।

एकीकृत माओवादीको पदाधिकारी बैठकको निर्णय आएलगत्तै नेपाली काँगे्रसले मधेसी मोर्चासँग छलफल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारको बिकल्पमा खोज्न नेपाली कांग्रेस र मधेशी मोर्चा सहमत भएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस र मोर्चाको बैठकले वर्तमान सरकारले जनताको पक्षमा कुनै काम नगरेको निष्कर्ष निकाल्दै सरकारको बिकल्प खोज्ने  सहमति जुटाएको हो ।

वर्तमान सरकारले सत्तामा बसेर कालाबजारीलाई प्रोत्साहन गरेको र भ्रष्टाचारमा लिप्त भएको दावी गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले  यो सरकारलाई एक मिनेट पनि टिक्न नदिने जिकिर गर्नुभयो ।

नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले एकीकृत माओवादीले पहिला सरकारको समर्थन फिर्ता लिनुपर्ने  त्यसपछि कसको नेतृत्वमा सरकार भन्ने विषयमा छलफल हुने वताउनुभयो ।

उता राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले पदको लोपमा परेर राष्ट्रिय स्वाधीनतमा आँच आउन नदिने वताउनुभयो । साथै अध्यक्ष थापाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो अडानमा वस्न र अरुको बहकाउमा नलाग्न सुझाव समेत दिनुभएको छ । एकीकृत माओवादीको कदम पछि आउन थालेका प्रतिक्रियाहरुको रफ्तार रोकिने संकेत देखिएको छैन । धेरै दलहरु भने पर्ख र हेरको रणनीतिमा समेत उभिएका छन् ।

 

LIVE TV