२२ बैशाख २०७३, बुधबार

काँग्रेसको काँधमा चढेर एकीकृत माओवादी अध्यक्ष दाहाल दौडिए सिंहदरबार तर्फ

dd

सात महिनाको मधुमास तोड्दै एकीकृत नेकपा माओवादीले केपी शर्मा ओलीमाथि अस्त्र प्रहार गरेको छ । मुलुकलाई पुनर्निर्माण अभियानमा होमेर बजेट ल्याउने तयारी जुटेको वर्तमान सरकारलाई बजेटको वाकस नै खोल्न नदिने तयारीका साथ एकीकृत माओवादी अघि बढ्दा केही दिन अघिदेखिको नेपाली काँग्रेसले गरेको सरकार परिवर्तनको प्रयासको पनि पुष्टि भएको छ । अध्यक्ष पुष्पकमल दाहाललाई अघि सारेर एकीकृत माओवादीले अन्य दललाई सहयोगको आव्हान गरिसक्दा एमाले प्रतिरक्षामा उत्रन बाध्य भएको छ ।

शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएदेखि नै अनेक संशयहरु देखिए नेपालको राजनीतिमा । स्वयं एकीकृत माओवादी अध्यक्ष दाहालले दोलखामा आयोजित एक कार्यक्रममा यस्को संकेत उसबेला नै दिएका पनि थिए , जतिखेर मुलुकमा चैत लाग्न आटेको थियो । तर वैशाखको अन्तिम सातामा धेरै पटाक्षेप भएका छन् नेपाली राजनीतिमा । राष्ट्रिय स्वाधीनता, संविधानको कार्यान्वयन, शान्ति प्रक्रिया, भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयलाई केन्द्रविन्दुमा राखेर केपी ओलीको नेतृत्वलाई समर्थन गर्दा पनि ओली सरकारले काम गर्न नसकेको आरोप लगाउदै एकीकृत माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने उद्घोष गरेको छ  ।

उता एमालेले भने सरकार छाड्ने माओवादीको निर्णय सच्चाउन आग्रह गरेको छ । सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालेको एकीकृत माओवादीले सरकारको कमी कमजोरी केलाउन न्याय संगत नहुने तर्क गर्दै उस्को यो कदमले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने निष्कर्ष एमालेको छ ।

संसदको तेस्रो दल एकीकृत नेकपा माओवादीको साथ पाएर असोज २४ गते सरकारको नेतृत्व सम्हाल्न पुगेको एमाले अध्यक्ष ओली नेतृत्वको सरकार माओवादीकै कारणले ढल्ने अवस्थामा पुगेको छ । तर राजनीति आफ्नो अनुकल हुने वित्तिकै सत्ता स्वार्थका लागि सरकार बनाउने र ढलाउने खेलमा लाग्नुले एकीकृत माओवादीको उचाई बढाउने नभई घटाउने निश्चित छ ।

बजेट ल्याउने अन्तिम तयारीमा पुगेको ओली सरकारलाई अड्काएर बजेट ल्याउन नदिनु अन्य नभई राजनीतिक दुष्प्रयास नै यस्मा बढी देखिन्छ । सरकार परिवर्तनको खेलको अर्को ठूलो नकारात्मक पक्ष भनेको यही हल्लासंगै कर्मचारी प्रशासन अब काममा नभई प्रष्ट खाका नआएसम्म गफमा व्यस्त बन्नेछ । जस्ले नजिकिदो बर्षामा धेरै विषयलाई हिलोमा नै गाडनेछ । जुन देशका लागि घातक शिवाय केही वन्न सक्दैन ।

LIVE TV