२२ बैशाख २०७३, बुधबार

rrp

काठमाडौँ, राप्रपा नेपालले अन्तिम समयसम्म वर्तमान सरकारको प्रतिरक्षामा खडा रहने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता राजाराम श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा ‘संविधान कार्यान्वयनको चरणमा रहेको र मुलुक राजनीतिक स्थिरता हुँदै आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको सन्दर्भमा सुरु भएको सत्ता परिवर्तनको खेल उपयुक्त हैन’ भनिएको छ ।

राप्रपा नेपालले सत्ता परिवर्तनको खेलले संविधान कार्यान्वयनलाई थप जटिल बनाउने र भूकम्पपछिको पुनःनिर्माणको काममा नकारात्मक प्रभाव पार्नुका साथै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता समेतलाई कमजोर बनाउने भएकाले सरकार परिवर्तनको निर्णयमाथि पुनःविचार गर्न एकीकृत नेकपा (माओवादी) सँग आग्रह पनि गरेको छ । रासस

 

LIVE TV