२२ बैशाख २०७३, बुधबार

Schoolgirls who fell ill after smelling gas at their school, receive treatment at a hospital in Takhar province, Afghanistan, April 21, 2013. As many as 74 schoolgirls fell sick after smelling gas at their school Bibi Maryam in Takhar province's capital Taluqan, and were being examined for possible poisoning, local officials said on Sunday. While instances of poisoning are sometimes later found to be false alarms, there have been numerous substantiated cases of mass poisonings of schoolgirls by elements of Afghanistan's ultra-conservative society that are opposed to female education. REUTERS/Stringer (AFGHANISTAN - Tags: CIVIL UNREST POLITICS EDUCATION RELIGION) - RTXYV0Q

अफगानिस्तान, उत्तरी अफगानिस्तानको तखार प्रान्तको रुस्ताक जिल्लामा अवस्थित एक बिद्यालयका ६० जना बालिकालाई बुधबार रहस्यमयपूर्ण रुपमा बिष खुवाइएको छ ।

सो प्रान्तका प्रहरी प्रवक्ताले उक्त जानकारी दिएका छन् । रुस्ताक जिल्लामा रहेको मिर मुलाई नामक बालिकाहरुको विद्यालयमा स्थानीय समयाअनुसार बुधबार विहान रहस्यमयढङ्गबाट विष खुवाइएको जनाइएको छ ।

सो विद्यालयका सात देखि १२ कक्षासम्म अध्ययनगर्ने विद्यार्थीहरुलाई विष पिलाइएको समाचारमा जनाइएको छ ।

उक्त घटनामा पर्ने सबै विद्यार्थीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस घटनाको अनुसन्धान भइरहेको बताइएको हो ।

तखार प्रान्तमा गएको दुई हप्तामा यस प्रकारको घटना भएको यो दोस्रो पटक हो । तालिवानहरु बालिका शिक्षाका विरोधी हुन् । उनीहरुले नै समय समयमा बालिकालाई यसरी विष पिलाउने गर्छन् ।
गत अप्रिल १९ मा पनि रुस्ताक जिल्लामा रहेका बालिकाहरुको विद्यालयमा भएको यस्तै घटनामा ६२ जना बालिकालाई बिष दिइएको थियो । रासस÷सिन्ह्वा

 

LIVE TV