२२ बैशाख २०७३, बुधबार

काठमाडौंको पुरानो वसपार्क परिसरमा काठमाडौं स्तम्भ बनाउने तयारी सुरु भएसंगै पुरानो बसपार्कलाई खुल्लामञ्चमा सारिएको छ । बुधबारदेखि पुरानो बसपार्कबाट चल्ने गाडीहरु  खुलामञ्चबाट सञ्चालनमा आएका छन् । तर खुलामञ्चको व्यवस्थापन फितलो हुँदा सर्वसाधारण र चालकहरु भने अन्योलमा परेका छन् ।

यो बुधबारदेखि सञ्चालनमा आएको खुल्लामञ्च बसपार्कको दृश्य हो । काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं स्तम्भ बनाउन लागिएपछि पुरानो बसपार्कबाट बाहिरिने सबै सार्वजनिक सवारी साधन खुलामञ्चबाट सञ्चालन हुन थालेका हुन् । बसपार्कका बसहरू खुलामञ्चबाटै छुट्न थालेपछि यात्रुहरु भने अलमलमा परेका छन् ।  आफ्नो रुटको बस कताबाट लाग्छ भन्ने नै पत्ता लगाउन गाह्रो हुँदा यात्रुहरु समस्यामा परेको बताउँछन् ।

यात्रुहरु मात्र नभई खुल्लामञ्च बसपार्क सञ्चालनमा आएपछि स्वयम् गाडी चालकहरु समेत अन्यौलमा परेका छन् । रुटको ब्यबस्थापन राम्रोसंग नहुदाँ आफुहरुलाई समस्या भएको चालकहरु बताउँछन् ।

खुल्लामञ्च बस पार्कमा पश्चिमबाट गाडी प्रवेश गर्ने र पूर्वबाट बाहिरिने व्यवस्था मिलाइएको छ । तर यहाँ सवारी रुट र लेन नछुट्यार्ईएका कारण सवारी ब्यबस्थापन गर्न कठिन भएको ट्राफिक प्रहरीहरु बताउँछन् ।

पुरानो बसपार्कबाट छुट्ने उपत्यका भित्रका र अरनिको राजमार्ग अन्तर्गतका विभिन्न जिल्लामा जाने बसहरु खुलामञ्चबाट छुट्ने भएका छन् । तर यसको ब्यबस्थापन राम्रो संग हुन नसक्दा सबैमा समस्या देखिएको छ । यसको मुख्य ब्यबस्थापन अगांलेको काठमाण्डौ्र महानगरपालिकाले छिट्टै यो परिस्थितिलाई सहज बनाउनु जरुरी देखिन्छ ।

 

LIVE TV