२२ बैशाख २०७३, बुधबार

sansad

काठमाडौँ- व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसदहरुले भूकम्पपछिको पुनःनिर्माण, तराई मधेसको माग र आगलागी पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको बैठकमा सासदहरुले संविधानको कार्यान्वयन, मुुलुकका विद्यमान समस्या समाधानका लागि पनि सबै पक्षको सार्थक पहलको आवश्यकता रहेको बताए ।

वैठकमा नेकपा एमालेका झलनाथ खनालले मुलुकलाई राजनीतिक स्थिरता तर्फ अगाडि बढाउने विषयमा सबैले सोच्नु जरुरी रहेको बताउँदै विकास निर्माणका लागि पनि सकारात्मक वातावरण बनाउन आग्रह गर्नुभयो । नयाँ सरकार बन्ने, पुरानो सरकार जाने संसद्को सामान्य प्रक्रिया भएकाले त्यसमा नअल्झिइकन मुलुकलाई अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो ।

सत्तारुढदल एकीकृत नेकपा माओवादीका कृष्णबहादुर महराले जनताको अपेक्षाअनुसार काम हुन नसकेको, छलफल बहस समेत हुन नसकेको, भूकम्पपीडित जनतालाई राहत दिने तर्फ कुनै सार्थक प्रयास हुन नसकेको उल्लेख गर्दै उहाँले मधेसवादी दलको आन्दोलनको पनि सार्थक सम्बोधन हुन नसकेको स्बीकार गर्नुभयो ।

वैठकमा नेपाली काँग्रेसका वीरबहादुर बलायरले भूकम्पपीडितले राहत नपाएको तथा मुलुकभर आगलागीका कारण जनधनको क्षति भएको भए पनि पीडितलाई राहत दिन सरकारले कुनै पहल नगरेको भन्दै गुनासो गर्नुभयो । राप्रपा नेपालका दिलनाथ गिरीले संविधानको कार्यान्वयनका लागि प्रमुख राजनीतिक दल मिलेर अगाडि जानाको विकल्प नरहेको बताउनुभयो ।

 

LIVE TV