२२ बैशाख २०७३, बुधबार

त्रिपुराकोट (डोल्पा), पश्चिमी क्षेत्रमा पर्ने कागमारा हिमालको नजिकैको यार्सागुम्बा पाटनबाट चिया खाँदै गरेका बेला १३ यार्सागुम्बा तस्कर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोटका सात, जुम्लाका दुई र डोल्पाका पाँच जना रहेको निकुञ्जका खरिदार देवेन्द्र जिसीले बताउनुभयो । उनीहरु औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन नहँुदै तस्करीका लागि यार्सागुम्बा पाटन गएका बेला नेपाली सेनाको तोइजुम चौकीबाट गस्ती गएको टोलीले पक्राउ गरेको से फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

उनीहरुलाई चोरीको कानुनअनुसार आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ । प्रत्येक वर्ष औपचारिक रुपमा सङ्कलन हुुनु अगावै सयौँ किलो यार्सागुम्बा तस्करी हुने गरे तापनि कडाइका साथ तस्करी नियन्त्रण हुन नसकेको सरोकार भएकाहरु बताउँछन् । औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन आगामी जेठ १० गते मात्र सुरु हुने निकुञ्जले जनाएको छ । रासस

 

LIVE TV