२२ बैशाख २०७३, बुधबार
  • यादव देवकोटा 

नयाँबजार सोरखुट्टेबाट मेडिकल चोक जाँदै गरेको बा. ११ च २४२२ नम्बरको भ्यानले दिउँसो २ बजे तिर बाटोमा हिंडिरहेका दुइजना महिलालाई ठक्कर दिएको छ । ठक्कर बाट उनीहरु सडकको पेटी बाट १० मिटर उछिट्टीएको प्रतक्ष्यदर्शी कुमार पाण्डेले  बताए । उनीहरुको परिचय केहि खुल्न सकेको छैन ।

दुवै गम्भीर घाइते छन् र उपचारको लागि मनमोहन हस्पिटल लगिएको छ ।

भ्यान चालक गए राती मात्र पोखरा बाट काठमाडौँ फ़र्किएका थिए, दुर्घटना स्थलमा जम्मा भएका स्थानियका अनुसार निन्द्रामै भ्यान चलाएको हुन सक्ने अनुमान छ ।

13103545_10154116587714350_777929366405770286_n13151577_10154116587599350_3323667149282676671_n 13173829_10154116587339350_381714953058415567_n13151511_10154116587804350_904185250127976165_n 13118962_10154116587564350_2969860089651986855_n

 

LIVE TV