२२ बैशाख २०७३, बुधबार

काठमाडौँ-  बुद्धको जन्म र जिबनीको बारेमा सन्सारमा थुप्रै फिल्महरुको निर्माण भएका छन ।हाम्रो देश नेपालको लुम्बीनीमै गौतम बुद्धको जन्म भएको प्रमाणित भइ सकेपनि बुद्धको बारेका कथा  हाम्रा इन्डष्ट्रीका फिल्म मेकरको रोजाइमा नपरे पनि पछिल्लो समय फिल्म बाट अलि टाढिएका रमीत ढुङगानाले भने फिल्म मार्फत यो सकारात्मक सन्देश लाइ संसार भर फैलाउने प्रयत्न गरेका छन ।

xs

पढ्न बिदेश गएका एक नेपाली बिद्यार्थिको जिबनमा बुद्धको जन्म भारतमा भएको कुरा कलेजको कोर्ष बुकमा पढेपछि कसरी उनको जिबनमा परीबर्तन आउद छ ।नेपालमा बुद्धको जन्म भएको प्रमाणित गर्न उनले के के प्रयत्न गर्दछन भन्ने बिषय लाइ फिल्ममा हेर्न सकिन रमीत बताउद छन ।न्युज ट्वान्टीफोर टेलिभिजनको ६ प्रस्नमा कुरा गदै उनले बुद्धको जन्मका बिषयको फिल्म बनाउन समेत अनेक समस्या बेहोर्नु परेको बताए ।

अमेरीका र नेपालमा सुटीङ भएको फिल्मको लागि आफ्नै देशमा पनि राम्रै कसरत गर्नु परेको अनुभब उनि संग छ ।ज्ञानेन्द्र देउजाले निर्देशन गरेको बुद्ध बर्न इन नेपालमा रमीत ढुङगाना,अमीत ढुङगाना,निर शाह,मिथिला शर्मा,अशीष्मा नकर्मी लगायत कलाकार मुख्य भुमीकामा रहेका छन ।फिल्मलाइ जेठ सातमा रीलिजको तयारी निर्माण पक्षको रहेको छ ।

LIVE TV