२२ बैशाख २०७३, बुधबार

यसरि बनाउनुस घरमै बसेर पालक पनिर् ।
२०० ग्राम पालक,१०० ग्राम काटेको पनिर, १ पिस काटेको प्याज, २ पिस रातो खुर्सानी
, आधा चम्मच जीरा, १ पिस गोलभेडा ‐(टमाटर) काटेको, १ चम्चा ताजा नौनी ध्यू, १ चम्चा चिनी. १/२ चम्चा बेसार , एउटा टुक्रा दालचिनी, १ चम्चा तोरीको तेल ।

palak

बनाउने बिधि यस्तो छ हेर्नुस ।
१. पालके धोएर पानीमा उमाल्नुहोस् । त्यसपछी पानी निकालेर पालकलाइ पिस्नुहोस । एउटा कराइमा तेल तताउनुहोस । रातो खुर्सानी फुराउनुहोस् ।
त्यसपछी जिरा र दालचिनी पनि फुराउनुहोस, त्यसपछी प्याज राखेर रातो हुन्जेल सम्म चलाउनुहोस ।
त्यसपछी टमाटर, बेसार, खुर्सानीको धुलो, अनि नुन राखेर पकाउनुहोस ।
२. पिसेको पालक हालेर एकैक्षण भुट्नुहोस । अवश्यकता अनुसार एक कप पानी पनि राख्न सकिने छ । अब चिनी हालेर एकैक्षण चलाउनुहोस । पनिर का टुक्राहरु पनि हालेर चलाउनुहोस । २ मिनेट जति आगो सानो पारेर चलाइ सकेपछी आगो बन्द गर्नुहोस । अनि नौनि ध्यू ले तपाइको परिकार सजाउनुहोस । त्यस्तै नौनि ध्यूको सट्टा दुधको बाक्लो तर पनि मिसाएर खान सकिन्छ । यो रेसिपी दुइ जनाको लागि हो ।

LIVE TV