२२ बैशाख २०७३, बुधबार
UML-Sthai-Commiteनेकपा एमालेको स्थायी समितिको बैठक विहानदेखी नै बालुवाटारमा बसिरहेको छ।  बालुवाटारमा जारी बैठक पछिल्ला राजनीतिक घटनाक्रमका केन्द्रीत रहेको सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकमा सरकारका विकल्पका विषयमा बाहिर टिकाटिप्पणी हुन थालेपछि त्यस विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।
कांग्रेसले प्रधानमन्त्री बन्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको र दाहालले सो बारे धारणा माग गरेपछि एमालेले स्थायी समितिको बैठकमा सहमागी एक नेताले बताए । गएराति एमाओवादीसँग भएको छलफलमा दाहालले आफूलाई आगामी सरकारको नेतृत्व लिन काग्रेसले आग्रह गरेको सो विषयमा एमालेको धारणा मागेका थिए।
सरकारको विकल्प खोज्न एमाओवादी नेतृत्वलाई दबाब आएको छ। एमाओवादी संसदीय दलको कार्यालयमा बसेको पार्टीका सांसद र केही पदाधिकारी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी ओलीको नेतृत्व पूर्ण रुपमा असफल  भएको भन्दै विकल्प खोज्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

LIVE TV