२२ बैशाख २०७३, बुधबार

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को अध्यक्षलगायत विभिन्न पदको उम्मेदवारीको दर्ता सुरु भएको छ ।

downloadविराटनगरमा सोमबारदेखि जारी प्रथम राष्ट्रिय अधिवेशनको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको र विभिन्न विषयमा अझै पनि छलफल जारी रहेकाले उम्मेदवारी दर्ता अहिलेबाट सुरु भएको सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले बताए । निर्विरोध नभएको अवस्थामा आजै नै मतदान हुने सम्भावना रहेको मल्लिकले बताए ।

सो पार्टीको नाम परिवर्तनको सम्बन्धमा आन्तरिक रुपमा कार्यकर्तासँग सुझाव सङ्कलन गरिएको भए पनि कतिपय जिल्लाका कार्यकर्ताद्वारा नाम परिवर्तन गर्न नहुने पनि सुझाव आएको बुझिएको छ ।

पार्टीको अध्यक्ष पदमा वर्तमान अध्यक्ष विजयकुमार गच्छदारको नाम मात्र सार्वजनिक भएको र उनलेनिर्विरोध हुने सम्भावना प्रवल रहेको छ । पार्टीका अन्य पदहरुमा पनि निर्विरोध गर्नका लागि गम्भीर रुपमा छलफल भइरहेको छ ।

LIVE TV