२२ बैशाख २०७३, बुधबार

एमाओवादीसत्ता साझेदार एमाओवादीभित्र सरकारको विकल्प खोज्न दबाब बढेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

एमाओवादी संसदीय दलको कार्यालयमा बसेको पार्टीका सांसद र केही पदाधिकारी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी ओलीको नेतृत्व पूर्ण रुपमा असफल  भएको भन्दै विकल्प खोज्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहालले नाकाबन्दीका बेला सरकारले केही गर्न नसक्नु तत्कालका लागि क्षम्य भए पनि अहिलेको निष्क्रियता अनपेक्षित रहेको बताए ।

‘सरकारबारे ब्यापक जनगुनासो छ, हिजो नाकाबन्दी हुदाँ सरकारका पक्षमा जनताको भावना देखियो, तर अब क्षम्य हुदैँन’ दाहालको भनाई उदृत गर्दै स्रोतले भन्यो ‘यसबारे राजनीतिक नेतृत्व तहमा समीक्षा हुन थालेको छ।’

LIVE TV