२१ बैशाख २०७३, मंगलवार

FF

नेपाल प्रहरी हरेक क्षेत्रमा मिसिएको घुनको खोजीमा जुटेको छ । घुन, शुद्ध चामललाई विगार्न र कालो बनाउन मिसिएका हुन्छन् । त्यस्तै, निश्चित रकममा प्रमाणपत्र खरिद गरेर प्रतिष्ठित पेशाकै वदनाम गर्ने निकै घुनहरु समाजमा विद्यामान छन् । प्रहरीलाई आशंका छ, नक्कलीहरु डाक्टर, इन्जिनियर पेशामा मात्र होइनन्, आकाशीय उडान क्षेत्रमा समेत रहेको हुनसक्छ । या अन्य क्षेत्रहरुमा पनि । पछिल्लो समय नक्कली प्रमाणपत्रधारीहरुको खोजीमा प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

“अब हरेक आँखाहरु नै नक्कली लाग्न थाल्यो”– चौतारीमा गम खादै गरेका पाकाहरुको समूहमा सुनिएको आवाज थियो त्यो । वजारमा उपलब्ध वस्तु तथा सामानहरु नक्कली भएको सुनिदै आएकोमा सम्मानित डाक्टर, इन्जिनियरजस्ता पेशाकर्मीहरु नै नक्कली भेटिन थाले पछि प्रहरी सुक्ष्म अनुसन्धानमा जुटेको छ ।

केन्द्रीय अनुसन्धान व्युरोले नक्कली प्रमाणपत्र बनाएर या खरिद गरेर अस्पताल तथा मेडिकलमा कार्यरत डाक्टरहरुलाई पक्राउ गरेको थियो । नक्कली डाक्टरहरुको सूचीमा डेढ दर्जन तथाकथित डाक्टरहरु नियन्त्रणमा परे ।

त्यही घटना सेलाउन नपाउदै सम्मानित कहलिएका दशभन्दा धेरै संख्यामा इन्जिनियरहरु अपराध महाशाको फन्दामा परे । अपराध महाशाखाले नक्कली प्रमाणपत्रको अभियोगमा नियन्त्रणमा लिएका केही इन्जिनियरहरुले पुननिर्माण प्राधिकरणले आह्वान गरेको पदमा नाम निस्केको भेटिएको छ । केही विद्यार्थीहरुले सुविसु, हाज्मा लगायतका कम्पनीमा यही प्रमाणपत्र विकाएर केही समय काम गर्न समेत भ्याएका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मान्छेहरु पैसाका लागि कति सम्म गिर्छन् भन्ने उदाहरणका लागि प्रहरीले पछिल्लो समय पक्राउ गरेका केही समु्हलाई उल्लेख गरे पुग्छ । संवृद्धिको वाटोमा लागेको मुलुकमा यस्ता पेशाकर्मीहरु नै नक्कली देखिदा विकासले कसरी छलाङ मार्लान् । आम मानिसहरुमा आशंका छ । प्रहरीले डाक्टर, इन्जिनियर मात्रै होइन, आकाशीय उडान अर्थात नेपालका केही पाइलटहरु समेत नक्कली हुनसक्ने भन्दै आफना सुराकीहरु प्रिचालन गरेको जनाएको छ ।

प्रहरी मुलुकलाई खोक्रो पार्न लागि परेका अन्य समूह तथा क्षेत्रको  अनुसन्धानमा जुटेको छ, जो रकममा प्रमाणपत्र खरिद गर्छन् र जिम्मेवार पदमा रहेर राज्यको सेवा सुविधाहरु दोहन गरिरहेका छन् ।

 

 

 

 

 

 

LIVE TV