२१ बैशाख २०७३, मंगलवार

NOC

नेपाल आयल निगमले वर्षौैदेखि क्यालिव्रेसनविना नै टयांकरलगायत तौल उपकरण प्रयोग गर्दै आएको पाइएको छ । निगमले फ्लो मिटर तथा क्यालिब्रेसन टावरहरु नेपाल गुणस्तर तथा नापतौल बिभागबाट प्रमाणिकरण नै नगरी वर्षौदेखि नापतौल ऐन २०२५ बिपरित प्रयोग गर्दै आएको तथ्य फेला परेको हो ।

नाप तौलका उपकरणहरु प्रत्येक २ बर्षमा प्रमाणिकरण गनुपर्ने ऐनमा व्यवस्था छ । निगमको अमलेखगंज डिपोको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको अनुगमन टोलीका सदस्य तथा राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो ।

आपूर्ति मन्त्रालयका उपसचिव बाबुराम भुसालको नेतृत्वमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागका निरीक्षण अधिकृत दिपक पोखरेलसहितको टोलीले गत शुक्रबार अमलेखगंज डिपोको अनुगमन गरेको थियो । यसबारेमा मञ्चले गतवर्ष प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरीसमेत दर्ता गराएको थियो ।

निगमले डिलरहरुलाई दिइने तेलको परिमाण एक ट्यांकरमा कम्तिमा २०० लिटरसम्म कम दिने गरेको मञ्चको भनाइ छ । इण्डियन आयल कपोरेशन(आइओसी)को नापतौलअनुसार तेल आउँदा नै कम हुने र रक्सौल अथवा बरौनीलगायतका डिपोबाट लोड लिई सिधैं पम्पमा जाने ट्यांकरमाभन्दा अमलेखगंज डिपो र अन्य स्थानीय डिपोबाट दिइने लोडमा कम हुने राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो । बाईट

निगमले  सम्बन्धित कर्मचारीहरुबाट बर्षौंदेखि संस्थागतरुपमै पम्पहरुलाई कम तेल वितरण गरेर ठगि गरेको भन्दै मञ्चले आवश्यक कारवाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मंगलबार उजुरी दर्ता गरेको छ ।

 

 

LIVE TV