२१ बैशाख २०७३, मंगलवार

डोटी, क्षेत्रीय कृषि निर्देशनालय दीपायलको वार्षिक कार्यक्रमअनुसार यस वर्ष सुदूरपश्चिम अञ्चल विकास क्षेत्रबाट क्षेत्रीयस्तर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत पाँचजना कृषक छनोटमा परेका छन् ।

किसानलाई कृषि पेसामा आबद्ध गराउने र हौसला प्रदान गर्ने सरकारको रणनीतिअनुसार यस वर्ष सुदूरपश्चिमबाट पाँचजना कृषकलाई पुरस्कार दिन लागिएको हो । कैलाशमान्डाँै¬–५ बाजुराबाट टेकबहादुर थापा ९तरकारी बाली०, डोटीको बनलेक¬–६ बाट रतनबहादुर रावल ९तरकारी बाली० र टीकापुर नगरपालिका–१४ बाट विनोदकुमार शाह ९केराबारी० छनोटमा परेका हुन् ।

त्यसैगरी, गोकुलेश्वर–१ वैतडीबाट प्रेमबहाद्ुर माल ९तरकारी बाली० र धनगढी उपमहानगरपालिका–३ बाट अनिता केसी ९पशुपालन० पनि छनोट भएका छन् ।

सुदूरपश्चिमबाट यस वर्ष क्षेत्रीय स्तर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारमा छनोटमा परेका पाँचजना कृषकलाई प्रतिव्याक्ति नगद रु २५ हजार र सम्मानपत्रसमेत प्रदान गरिने निर्देशनालयकाका कृषि प्रसार अधिकृत टेकबहादुर बिष्टले जानकारी दिनुभएको छ । रासस

LIVE TV