२१ बैशाख २०७३, मंगलवार

हैटीमा गएको सप्ताहान्तमा आएको भीषण आँधीबेहरी परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा नौ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

haity
गत आइतबार विहान सवेरै भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको समाचार छ ।

बोम्बाडोपोलिस् सहरबाट गोनैभेस् सहरतर्फ गईरेहको सो डुङ्गा भीषण आँधीको कारण दुर्घटना भएको थियो । सो डुङ्गा कति व्यक्ति सवार रहेका थिए सो भने हालसम्म प्रष्ट भएको छैन् ।
देशको केन्द्रिय विभागकाअनुसार भीषण आँधीको कारण बढेको जलसतहबाट एक व्यक्तिको शव बगाएर ल्याएको थियो । रासस ÷सिन्ह्वा

 

LIVE TV