
जापानमा गत अप्रिल १४ र १६ मा गएको शक्तिशाली भूकम्पपछि पनि अझै हजारौँ व्यक्ति विस्थापित भएका छन् ।
उक्त भूकम्पहरुपछि ३५ हजार भन्दा बढी नागरिक अझै विस्थापित भएका जनाइएको छ ।
जापानमा गत अप्रिल १४ मा ६.५ र त्यसको दुई दिनपछि अप्रिल १६ मा पुनः ७.४ रिक्टर स्केलको भूकम्प गएको थियो ।
जापानको मौसम विज्ञान सम्बन्धी निकाय (जेएमए) का अनसुार जापानको उत्तरी क्युसुको कुमामोतो र ओइता प्रान्तमा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ४९ व्यक्तिको मृत्यु भएको थियो ।
त्यसै गरी यस भूकम्पमा परी दर्जनौको सङ्ख्यामा घाइते भएका छन् । रासस÷सिन्ह्वा