२१ बैशाख २०७३, मंगलवार

51 Taliban Militants Killed in Afghan Army Raid

अफगानिस्तानको दक्षिणी भागमा पर्ने कान्दाहार प्रान्तमा कादान्हार उरुज्गान राजमार्गमा भएको आक्रमणका क्रममा कम्तीमा पनि ४५ जना तालिवान मारिएको समाचार छ ।

उनीहरुले सो सडक नै नियन्त्रण लिए हमल गर्न खोजेका थिए । त्यस क्रममा तालिवान आतङ्ककारी र अफगान सुरक्षाबलबीच जारी रहेको कारबाहीको क्रममा ४५ आतङ्ककारी मारिएका छन् ।

सो कारबाहीको क्रममा तालिवान प्रान्तीय छायाँ गभर्नर र उप गभर्नरसहित ४५ आतङ्ककारी मारिएका कान्दाहारका प्रान्तीय प्रहरी प्रमुख जिया डुरानीले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

प्रान्तीय गभर्नर मव्लावी हयातुल्लाह र उप भगर्नर मव्लावी अहमद साह हुमातसहित ४५ जना तालिवान मारिएका हुन् ।

कान्दाहारको उरुज्गान राजमार्ग नियन्त्रण गर्ने क्रममा ती आतङ्ककारीहरु मारिएका जिया डुरानीले सिन्ह्वा समाचार समितिलाई बताउनु भएका छ ।

कान्दाहार उरुज्गान प्रान्तलाई जोड्ने राजमार्गमा गत केही दिनयता तालिवान आतङ्ककारीहरुले पकड जमाईरहेका छन् ।

यद्यपी अफगान सुरक्षा बलले प्रमुख राजमार्गलाई पुनः खुलाउन कोशिस गरिराखेको बताइएको छ । कान्दाहार– उरुज्गान राजमार्गमा अझैपनि केही तालिवानले कब्जा गर्न खोजेका थिए ।

सो राजमार्ग मुक्त गराउने प्रयासमा सोमबार बिहानैदेखि भिडन्त भएको छ । सुरक्षा बलले उक्त राजमार्ग छिट्टै नै खलाउने पनि डुरानीले बताउनु भएको छ ।

कान्दाहार, हेलमान्ड, जाबुल र उरुज्गान प्रान्तका केही भागमा लडाई जारी राखेका तालिवान आतङ्ककारीहरुले यस विषयमा भने केही टिप्पणी गरेका छैनन् । रासस ÷सिन्ह्वा

 

LIVE TV