२१ बैशाख २०७३, मंगलवार

kanchanpur

काठमाडौँ, २१ वैशाख । यहाँका सामुदायिक तथा निजी शैक्षिक संस्था आज बन्द गरिएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।

यही वैशाख १५ गते काठमाडौँका जिल्ला शिक्षा अधिकारी शङ्करप्रसाद गौतममाथि कालोमोसो दलेर दुव्र्यवहार गर्ने क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई प्रहरीले वैशाख १७ गते पक्राउ गरेको थियो ।

सोही पक्राउको विरोधमा सोमबार जिल्ला शिक्षा कार्यालय काठमाडौँमा धर्ना दिन बसेका केन्द्रीय सदस्य कलम बडुवाल, काठमाडौँ जिल्ला सदस्य महेन्द्र तामाङ, सुमन तिम्सिना, रोजिना चौलागाईं र उषा किरणलाई थप पक्राउ गरेको क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले जानकारी दिनुभयो ।

राहत शिक्षकका विषयमा मनोमानी निर्णय गरेको लगायत आरोप लगाउँदै सल्यानका जिशिअ बुर्खप्रसाद रजक लाई समेत आज कालोमोसो दली कारबाही गरिएको सङ्गठनले जनाएको छ । रासस

 

LIVE TV