२१ बैशाख २०७३, मंगलवार

विराटनगर  । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को विराटनगरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज अपराह्न आज २ बजेपछि उम्मेदवारी कार्यक्रम सार्वजनिक गरिने छ ।

central-meeting-at-brt

यतिखेर केन्द्रीय समितिको बैठक जैन भवनमा जारी छ । पार्टीका अध्यक्ष विजयकुमार गच्छदारको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीको विधान पारित हुनाका साथै राजनीतिक र साङ्गठनिक प्रतिवेदन समेत पारित हुने पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले जानकारी गराउनुभयो ।

सोमबार राति ९ बजेदेखि पार्टीको केन्द्रीय बैठकमा पार्टीको विधान, समसामायिक राजनीतिक, पार्टीले निर्धारण गर्ने नीति लगायत विषयमा छलफल भएको थियो । रासस

 

LIVE TV