२१ बैशाख २०७३, मंगलवार

अमेरिकी डाइभर्सिटी भिषा (इडिभी)को नतिजा आज मंगलबार सार्वजनिक भएको छ ।

download (11)अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भए अनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा सार्वजनिक गरिएको अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबारदेखि २०१७ का लागि इडिभी भरेकाले आफ्लाई इडिभी परे नपरेको थाहा पाउन सक्ने बताएको छ।

इडिभीको नतिजा सार्वजनिक भइसकेपछि डिभी परेकाहरुले सन् २०१७ को सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नु पर्नेछ ।

साथै इडिभी २०१६ का लागि २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म खोलिएको चिठ्ठा परेकाहरुले पनि आगामी सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नुपर्नेछ ।इडिभी २०१७ को नतिजा डिभी लट्री डट स्टेट डट जिओभीमा लगइन गरेर हेर्न सकिनेछ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

LIVE TV