२१ बैशाख २०७३, मंगलवार

वैदेशिक रोजगारीको सिलसिलामा कतार, दुबई, बहराइन, हङकङमा कार्यरत युवाको तीन करोड रुपैयाँ लगानीमा महानगर सुपरमार्केट सञ्चालनमा ल्याएका छन् ।
महानगर सुपरमार्केट 3करिब ३० जना नेपाली युवाको समूहले काठमाडौंको तीनकुनेमा आधुनिक सुपरमार्केट सञ्चालनमा ल्याएका छन् । करिब ७ वर्ष पहिले कतारबाट सुरु गरिएको ५/७ जना साथीहरू मिलेर सुरु गरेको थियो। आफूले कमाएको पैसा घर खर्च र अन्य खर्च कटाएर केही बाँकी रकम बचत गर्ने उद्देश्यले एक सामूहिक बचत कोष स्थापना गरेका थिए ।

महानगर सुपरमार्केट 5सोही सामूहिक बचत कोषलाई निरन्तरता दिंदै प्रवासको बसाइ अन्त्यपश्चात् स्वदेशमा गएर पनि बेरोजगार बन्न नपरोस् भन्ने उद्देश्यले महानगर सहकारी संस्था गठन गरेका हुन् ।

हाल उक्त महानगर सहकारी सस्थामा करिब १ सयभन्दा बढी सेयरधनी रहेको सहकारीका प्रबन्धक निर्वचन राईले बताए । सोही सहकारी संस्थामध्येका करिब ३० जना युबाहरू मिली करिब ३ करोड रुपैयाँ लगानी गरी सुपरमार्केट सञ्चालनमा ल्याएका छन् । जुन मार्केटमा आफंैले विभिन्न तरकारी खेतीलगायत अन्य खाद्य वस्तु उत्पादन गरी बिक्री वितरण गर्ने उद्देश्य राखेका छन् ।

महानगर सुपरमार्केट 1अहिले सुपरमार्केटमा दैनिक उपोग्य वस्तुहरू दाल, चामल, तरकारी, फलफूल, पेय पदार्थ, मदिरालगायतका खाद्य सामग्री राखिएको छ । सुपर मार्केटका म्यानेजर निर्वचन राईले कम मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले मार्केट सुरु गरिएको बताए । उक्त मार्केटको उद्देश्य प्रतिस्पर्धीभन्दा कम मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने भएको छ ।

बिक्री गरिने वस्तुहरूमा नाफाको अनुपात निकै कम राखिएको जानकारीसमेत व्यवस्थापनले जानकारी दिए । ‘तत्कालका लागि सामान हेरेर बाहिरको भन्दा ५ देखि २५ प्रतिशतसम्म कम मूल्यमा सेवा उपलब्ध गराउने भएको छ ।

महानगर सुपरमार्केट 2मार्केटमा लगानीकर्तामध्ये अधिकांश वैदेशिक रोजगारका लागि विदेशमा रहेका वा गएर फर्किएकाहरू छन् । राई करिब १६ वर्ष वैदेशिक रोजगारमा दुबाई लगायत कतारमा काम गरेर फर्किएका हुन् । उनी ‘क्यारी फोर’को म्यानेजर भएर काम गरेका थिए।

LIVE TV