२१ बैशाख २०७३, मंगलवार

तम्घास (गुल्मी) । गुल्मीको हर्दिनेटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

accidentसोमबार हर्दिनेटाबाट भतेरपाटा भन्ने स्थानमा आफ्नै घरतर्फ जाने क्रममा लु २ प ३६९० नम्बरको मोटरसाइकल सडकबाट करिब २० मिटर तल खस्दा मोटरसाइकल चालक हर्दिनेटा गाविस–२ निवासी ५७ वर्षीय टेकराज पन्थको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका पन्थको उपचारका लागि शृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

LIVE TV