२० बैशाख २०७३, सोमबार

मेरो स्वास्थ्य, मेरो अधिकार, हाम्रो भविष्य शीर्षकमा किशोरकिशोरीको स्वास्थ्य र विकासबारे दुई दिने राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । स्वास्थ्य मन्त्रालय,परिवार स्वास्थ्य महाशाखाले जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय अन्र्तगतको अन्र्तराष्ट्रिय सहयोग संगठन डिजिआईको सहयोगमा सम्मेलनको आयोजना गरेको हो ।

vlcsnap-6889-07-10-06h26m37s133
सम्मेलनले किशोरकिशोरीहरुले सामना गरिरहेका विविध स्वास्थ्य समस्याहरुकोवारेमा छलफल एवं नया उपायहरु पहिल्याउने आयोजकले जनाएको छ । यस किसिमको सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको हो ।
सम्मेलनमा युवा संघ संस्थाका सदस्यहरु, सामाजिक अभियान्ताहरु, सरकारी अङ्गका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको छ ।

LIVE TV