२० बैशाख २०७३, सोमबार

दक्षिण एसियामा शरणार्थीले भोग्नुपरेका समस्या र त्यसका समाधान खोज्ने उद्देश्यसहित आजदेखि काठमाडौंमा दक्षिण एसियाली क्षेत्रीय सम्मेलन सुरु भएको छ । सेन्टर फर साउथ एसियन स्टडिज र कोनार्ड एडेनोर स्टिफटुंगले संयुक्त रुपमा आयोजनमा गरेकोे दक्षिण एसियामा शरणार्थी विषयको दुईदिने सम्मेलनको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घघाटन गर्नुभयो । अध्यक्ष शर्माले नेपालमा शरणार्थीको उपस्थितिका कारण आर्थिक, सामाजिक र सुरक्षामा चुनौती थपिँदै गएको र सही रुपमा उनीहरुको पुनर्बासको व्यवस्था हुन नसकेको बताउनुभयो । सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेले शरणार्थीको समस्या जटिल बन्दै गएकाले यसको समाधान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो । सम्मेलनमा अफगानिस्तानबाहेक सार्कका सात सदस्य राष्ट्रको सहभागिता रहेको छ । सम्मेलनमा प्रत्येक राष्ट्रले आ–आफ्नो देशका शरणार्थीको अवस्था र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछ ।

vlcsnap-2041-10-18-09h30m40s023

LIVE TV