२० बैशाख २०७३, सोमबार

होमवर्क पश्चात निर्देशक योगेश घिमिरेले नयाँ फिल्म निर्देशन गर्ने तयारी पुरा गरेका छन् । उनले राधा टाइँटलमा फिल्म बनाउँन लागेका हुन्, जसको मुख्य कलाकारमा संचिता लुइँटेल र जीवन लुइँटेल फाईनल गरिएको छ । संचिता र जीवन बर्षौ देखि फिल्म नगरीमा सक्रिय भएपनि उनीहरुले पहिलो पटक राधामा अनस्क्रिन रोमान्स गर्दैछन् ।


जीवन र नीता ढुंगानालाई आफ्नो फिल्ममा लिदै आएका योगेशले यो पटक नीता नलिएर संचितालाई लिनुको कारण पनि खुलाए । उनले भनेका छन्, राधामा नीता जी फिट हुनु भएन त्यसैले पात्रको न्याय गर्न मैले संचिता जी छनौट गरेको हुँ । नारी केन्दित कथा रहने उक्त फिल्मको छायाँकन बैशाख २२ गते देखि सुरु हुँदैछ ।
गएको बर्ष हामीले प्रेम गीत, क्लासिक र डिम्स जस्ता उच्च क्वालिटीका फिल्म हेर्यो त्यसैले मेरो टिमले पनि त्यस्तै क्वालिटीमा फिल्म बनाउँने गरी राधाको तयारी पूरा गरेको छ । निर्देशक घिमिरेले दावी गरे ।

sdfvsdv
उनको भनाई अनुसार टेक्निकल्ली होस् या प्रोडक्सन भ्यालु हरेक पक्षमा फिल्मलाई आकर्षक बनाउँन कुनै कन्जुस्याँई नगर्ने र समय अनुसारको स्क्रिप्ट लेखन र त्यसको ल्याङवेज मेकिङमा पनि त्यतिकै मिहिनेत गरिएको उनको तर्क छ । राधाको स्क्रिप्ट प्रदीप भारद्धाजले लेखेका हुन भने सिनेमाटोग्राफी डिपार्टमेन्ट डिओपी पुरुषोत्तम प्रधानको टिमले ह्यान्डल गर्नेछ । म्युजिक मेकिङ चाँहि बसन्त सापकोटाले हेरेका छन् भने कोरियोग्राफीको पाटोमा कविराज गहतराज र एक्सनको पाटोमा फाईट डाईरेक्टर हिमाल केसीको युनिट रहने छ ।
दिईएको जानकारी अनुसार राधाको छायाँकन पूर्वको ईलाम देखि लिएर सिक्किम सम्म हुनेछ । आउँने दसैको छेकोमा रिलिज लक्ष्य राखिएको उक्त फिल्मलाई रियल मोसन पिक्चर्सको ब्यानरले निर्माण गर्न लागीएको हो ।जस्को फाईनान्सरमा विश्वमणी दाहाल र सुशिल कार्की रहने छन् ।

LIVE TV